चलिरहेका  फेसबुक, इन्स्टाग्राम लगायतका २६ वटा सामाजिक सञ्जाल अचानक भदौ १९ देखि नेपालमा बन्द हुने घोषणा हुन्छ । सामाजिक सञ्जाल सामान्य भन्दा बढी नै तातिन्छ । 

विभिन्न टिप्पणी छरिन्छन । कोहि यस्तो हुनै सक्दैन, हुँदै हुँदैन भन्छन । सामान्य जसो यसलाई पत्याउन सबैलाई गाह्रो भइरहेको बेला विस्तारै आधिकारिक संस्थाहरुबाट भटाभट विज्ञप्ती आउन सुरु भएपछि जन चाँसो झनै बढ्न थाल्छ । त्यतिनै बेला एउटा लहर सुरु हुन्छ फोटो पोष्ट्याउनेको , मानौ फेरि फेरि फोटो राख्न पाइदैन भनेर हो । त्यो लहर सबैतिर फैलिन्छ, झण्डैझण्डै ट्रेन्डिंग बन्छ । 

त्यसपछि तीव्र गतिमा सुचनाको ओइरो लाग्छ कि अब फेसबुक, इन्स्टाग्राम लगायतका २६ वटा सामाजिक सञ्जाल नेपालमा दर्ता नभएकै कारण बन्द हुन्छ भन्ने । यतिबेला सम्म सबै जनाको मानौं भागाभाग चलिरहेको छ, के गर्ने के नगर्ने भन्ने नै सम्भवतः सबैको दिमागमा कुरा खेलेको हुनुपर्छ । अनि फेरि फेसबुकमा अर्को ट्रेन्डिंग सुरु हुन्छ, हामी यता पनि छौै भन्दै भाइबरको स्क्यानर सेयर गर्ने । त्यसपछि लाग्छ अब चाहिँ साँच्चै फेसबुक लगायत का २६ सामाजिक सञ्जालको दिन सकियो । 

विश्व प्रविधिमा अघि बढिसकेको छ, हामी पनि सामाजिक सञ्जालमा अभ्यस्त भइसकेका छौं । अचानक नेपालको सामाजिक सञ्जालमा बेला न कुबेलाको बाढि पहिरो आउँदा आफ्नो काम, पेशा, व्यवसाय बचाउन भागाभाग भएको संकेत सामाजिक सञ्जालले नै दिएको थियो । इकमर्सको दुनिया प्रवेश गरेको यो समय अब अनलाइन प्ल्याटफर्म प्रयोग गर्नेका लागि भने सकस नै हुनेछ । अब तत्कालको बन्दले पनि धेरैको काम, व्यवसायमा असर पर्ने देखिन्छ नै साथै चाडवाडको मुखमा आएको यो आपतले आर्थिक क्रियाकलापमा पक्कै असर पार्छ । 

यो घटनाले के पनि बुझाउछ कि दुनिया जुन फड्को मारेर जता पुगेपनि एउटा नियम र कानुनलाई नसमाइ हिड्दा पक्कै दुर्घटना घट्छ नै ।

यसो त सामाजिक सञ्जाल प्रयोगको लागि फेसबुक, इन्स्टाग्राम, ह्वाट्स्याप मात्रै छ्रैनन, एकवर्ष अघि ब्यान भएर सिस्टममा आएको टिकटक एउटा आशाको त्यान्द्रो अहिलेको लागि एउटा छ र सम्पर्कमा रहन भाइबर पनि रजिष्टर भएर बसेको रहेछ । 

हुन त सिस्टममा बसेर काम गरेको धेरै नै राम्रो हो तर यतिका धेरै व्यक्तिका लागि रोजगारीको थलो बनेको सामाजिक सञ्जाललाई व्यवस्थापन गर्ने चक्करमा सायद सरकारले सेवाग्राहीको मर्म बुझ्न चुक्यो त्यसैले एकोहोरो निर्णयमा मोडियो । 

आशा गरौं अब चाँडैनै सक्रिय सामाजिक सञ्जाल दर्ता भएर आउन यसले सबैलाई दीर्घकालिन सहजता गराउने छ ।


By Reshmi Lamichhane 

Comments