- Get link
- X
- Other Apps
‘यसपालि पनि तिम्रो बुडाको कुनै खबर आएन । कहाँ छ त्यो मान्छे ?’
चरचरी फुटेको खाली खुट्टा उभिएकी सकुन्तला दाहिने खुट्टाको बुढी औलाले भुईको माटो कोट्याइरहेकी छे । साहुलाइ आज पनि के भनेर टार्ने हो उसलाइ थाहा छैन । आफ्नै आँगनमा आइपुगेको साहु निकै रिसाएको छ ।
‘खै केहि बोल्दिनौ त तिमी । बुढो घरमा आयो भने पैसा तिनुपर्छ भनेर नआउ भनेको छौ क्या हो ? हेर तिम्रो अनुहार हेरेर मैले यतिका दिन केहि नभनि बसेको हो । अब यो महिनाबाट ब्याजको पनि हिसाब हुन्छ । खुरुक्क छत्तिस सय ब्याज लिएर १ गते बिहान मेरो घरमा आइपुग्नु होइन भने रित्तो हात राती आउनु । आउनु त तिमी जसरी पनि पर्छ सकुन्तला । हाम्रा पनि त्यसै उम्रेका पैसा होइनन् । झन टुहुरो केटो भनेर ब्याज पनि लिन्न भनेर दिएको मेरो पैसा फर्काउनु पर्दैन ?’
साहुका यस्ता मुटु छेड्ने कुराले सकुन्तलाका आँखाबाट नुनिला पानी खस्छन् । रिसले चुर भएको साहु उसको घरबाट निस्किन्छ र जाँदाजाँदै भन्छ ‘ अर्को कुरा यो पनि याद राख, तिमीले अबको ६ महिना भित्र साँवा पनि चुक्ता गरिसक्नुपर्छ । ’
साहुका वाणरुपी बचनले सकुन्तला ललाकलुलुक हुन्छे । ऊ थ्याच्च बस्छे । वर्षदिन भयो धनबहादुर विदेशिएको । उसले मलेशिया पुगेर एकचोटी फोन गरेको थियो र भनेको थियो, महिना मर्नासाथ पैसा पठाउछु । त्यसपछि धनेले न त पैसा पठायो न फोन नै ग¥यो ।
सकुन्तलाको माइती जिवन गरिबीमै बित्यो । केही सुख होलाकी भनेर १६ वर्षको कलिलै उमेरमा माइतिले धनेको हात थमाएर बिदा गरिदिए । बिहे गरेर आएकै वर्ष उसको माइती गाउँ बाढीले बगायो । आमा, बुवा, दाइ, भाउजु सहित २ वर्षको भदालाई पनि बाढीले बगायो । कहिलेकाही दुख बिसाउन जाउँ भन्दा पनि उसको जाने ठाउँ छैन ।
जेनतेन दुख सुख गरेर बुढाबुढी सँगै ६ महिना जति बसे होलान । कोही पनि नभएको टुहुरो धनेले एकरात विदेश जाने कुरा सकुन्तलालाई सुनायो । उमेरले पनि खासै परिपक्क नभएकी सकुन्तलाले बुढालाई रोक्न सकिन । एक्लो ज्यान एक्लै यो घरमा कसरी बसुला भन्ने पिडा पनि उसले बुढोलाई सुनाउन सकिन ।
एउटा बिहान धने विदेश जान घरबाट निस्कियो । अघिल्लो राती नै उसले सकुन्तला भनेको थियो कि उसले दयाराम साहुसँग १ लाख २० हजार ऋण लिएको छ भनेर ।र उसले भनेको थियो, हरेक महिना ३५ हजार पठाउँछु त्यसबाट १० हजार तिमी चलाउनु २५ हजार साहुलाई दिनु । ऊ पनि बुढोको छातीमा टाँसिएर हुन्छ भन्दै निकैबेर रोएकी थिइ ।
आज वर्षदिन पुग्दा पनि उसलाई उसको बुढोले दिएर गएको बाचामा बिश्वास छ । त्यहि बिश्वासका कारण पनि ऊ आजसम्म बुढोलाई कुर्दै बसेकी छे र साहुलाई भाका सारिरहेकी छे । तर आज त साहुले साह्रनै निर्दयी भएर भन्यो । ब्याज दिन नसके राती आउँनु भनेको बचनले सकुन्तलालाई हजारौ काँडाले पैतालामा एकैचोटी कोपेको जस्तो भएको छ । अरुको मेलापात धाएर बाँचेकी सकुन्तला छत्तिस सय ब्याजको जोहो कसरी गर्छे ?उसलाई भारी मन बोकेर दिन बिताउन गाह्रो भयो । रातमा पनि उसलाई निँद्रा परेर ।
दिन बित्दै गए । एकदिन धान रोप्न जाँदा साथीसँगीका कुरा सुन्दा उसको मनमा चिसो पस्छ ।
‘ ओइ मालती त्यो बिरेको कुरा थाहा पाइस तैले ?राममायाले मेलामा कुरा निकालि ।
‘ को बिरे ? त्यो जुटगाउको बिरे ?
‘ अँ त्यै बिरेको कुरा के’ राममाया यताउता हेर्दै मालतीको नजिक पुग्छे । सँगै धान रोपिरहेकी सकुन्तलाले उनीहरुको कुरा सुन्छे ।
‘ त्यो बिरेले त काठमाडौंमा कान्छि ल्याएर राखेको रैछ हेर त । बिचरी माइलीलाई थाहै रैनछ । बेलाबेला फोन गरेर माइलीलाइ अलिअलि खर्च पठाउँदै थियो रे । गको ३,४ महिनादेखि त न फोन न पैसा त्यो त गायव भएको रैछ । अस्ति त्यहाँ गाउँकै मान्छेले काठमाडौंमा भेटेछन् । तुरुन्तै माइली पनि गइछ । तर त्यो असत्ति बिरे त त्यै कान्छिको पेटिकोटमा लुट्पुटिइसकेछ । हेर त ती माइली दिदीको भाग्य ?दुइ दुइ वटा छोरी लिएर कहाँ जान्छिन अब ?’
राममायाको कुराले मालती र सकुन्तलाका आँखा ठुला ठुला हुन्छन ।
‘ ए राम के भन्छिन यी राममाया दिदी ? हे भगवान के दशा लाग्यो ति माइली दिदीलाई ?कस्तो पिसास रैछ त्यो बजिया त ?छोरी छोरी पाएको भएर होला त्यस्तो गरेको ।’ मालतीको अनुहारमा एकाएक डर, रिस, समवेदना एकैचोटी देखिन्छ ।
राममाया दिक्क मान्दै भन्छे ‘ यी असत्ति लोग्नेमान्छेको त भरै हुन्न के । के कुराले यिनीहरुको मन फेरिन्छ भन्ने नै थाहा हुन्न । हेर ती माइली दिदी अब कता जान्छिन । बुढो नभएपछि सासु ससुराको त के कुरा गर्नु ? त्यसै पनि तिनको सासुले त नाति खेलाउन नपाएको झोकमा सु्त्केरी हुँदा ति माइली दिदीलाई बासी भात खान दिन्थिन अरे । हरेशिव त्यो पापी बिरेलाई त ति साना छोरीहरुको आँसुको श्राप लाग्छ ।’
‘ खै है राममाया दिदी यो कलियुगमा कसैको आँसु कसैलाई लाग्छ जस्तो लाग्दैन मलाइ त । जसले अरुलाई रुवाउँछ उही खुशी देख्छु म त । खै भगवान पनि छन कि छैनन मलाई त अचेल बिश्वास लाग्न पनि छोडिसक्यो । ’ सारै नै निराश हुँदै मालती धानको बिटो लिएर धान रोप्न थाल्छे ।
यी दुईका कुरा सुनिरहेकी सकुन्तला केहि बोल्दिन । एकोहारो धान रोपिरहेकी सकुन्तलालाई हेर्दै राममायाले भन्छे ‘ तिमी पनि विचार गर है सकुन्तला । तिम्रो बुढा त झन मरे बाचेको ठेगान छैन । खोजिनिधि गर, कहाँ छन, छैनन पत्ता लगाऊ । उमेर बैस यतिकै किन खेर फाल्ने ? बरु बेलैमा अर्को घरजम गर । कत्ति कुर्छौ अझै ?’
राममायाका कुराले नमिठो सँग सकुन्तलालाई बिझ्छ । निन्यारो अनुहार लाएर जवाफ दिन्छे ‘ दिदी वर्षदिन त कुरे, आस मरेको छैन अझै । भोलिका दिनमा के हुन्छ थाहा छैन । तर अहिलेसम्म मैले आश मारेको छैन ।’
सकुन्तलाले राममायालाई जवाफ त दिई तर यथार्थलाई पनि नजरअन्दाज भने गर्न सकिरहेकी थिइन । उसको मनमाभित्रभित्रै आँधीहुरी चलिरहेको थियो ।
दिन बित्दै गए हप्ता बित्दै गए ।सकुन्तलाले साहुलाई तिर्ने ब्याज जम्मा पार्न सकिरहेकी थिइन । जसोतसो गर्दा दुई छाकमात्र टरिरहेको थियो । साहुको बासनाको सिकार हुन्छु भन्ने डरले उसलाई भित्रभित्रै पोलिरहेको थियो । सकुन्तलाको जवानीको कायल भएको दयाराम साहु उसको नजिक पर्न धेरैचोटी खोजेको थियो । उसले धेरै पटक सम्झाएर, रोएर दयारामको फन्दाबाट आफुलाई फुत्काएकी थिई तर यसपाली उसले आफुलाई बचाउन सक्ने अवस्था नरहेकोले पनि ऊ धर्मशंकटमा छे ।उसलाई चट्टै गाउँ छोडेर कतै जाने आँट आउँदैन । कतै गएर मरौ भने पनि उसको आत्माले मान्दैन ।
दिन र हप्तासँग भाग्दाभाग्दै एकदिन त्यो दिन आयो जुन दिन उसले दयाराम साहुको ब्याज लिएर उसको घरमा पुग्नु थियो । तर त्यो दिन ऊ खाली हात साहुको घरमा जान सकिन । मनमा अनेक डर बोकेर घरमै बसिरहि । बिहान बित्यो । दिउँसो दयाराम साहु सकुन्तलाको घरमा आयो । पैसा तिर्न नसकेकी सकुन्तला चुपचाप साहुको अगाडि उभिइरहन्छे ।
दयाराम सिन्काले दाँत कोट्याउँदै गिद्धे नजरले सकुन्तलालाई तल देखि माथिसम्म हेर्छ । हातमा बोकेर ल्याएको झोला सकुन्तलाको हातमा थमाउँदै भन्छ ‘ यो झोलाको लुगा लगाएर साँझ बस्नु म साँझमा आउछु ।तिमीलाई सुहाँउने लुगा ल्याइदिएको छु । घरमा पाहुना आएका छन, नभए तिमीलाई नै दुख दिने सोचेको थिए ।’
गिद्धे नजरले हेरिरहेको दयाराममा सकुन्तलाको जवानी लुट्ने व्यग्रता देखिन्थ्यो । उसले अबला नारीलाई एकपटकसम्म पनि उसले ब्याज तिर्न नसक्नुको कारण पनि सोधेन । यति भनेर दयाराम आफ्नो बाटो लाग्यो । दयाराम गएपछि ढोका थुनेर सकुन्तला निकै बेर रोइ । उसलाई साँझ नपरे पनि हुन्थ्यो जस्तो भयो । तर त्यस्तो किन हुन्थ्यो र ?
साँझ झपक्क परिसकेको छ । आफ्नै मुटुको चाल सुन्दै सुक्क सुक्क गरिरहेकी सकुन्तलाको ढोकामा कोही आउँछ । भित्र पसेर चुकुल लगाउँछ । पापी दयारामलाई सकुन्तला हेर्दिन । झनै खाटमा घोप्टो परेर रुन्छे ।
दयाराम सकुन्तलाको नजिक आउँछ । सकुन्तलालाई देखेर उसको जवानी सल्बलाउँछ । ४५ वर्षको अधबैसे ऊ आफुलाई २५ वर्षको जवान देख्छ । उसले दिएको रातो सारी र रातै चोलोमा सकुन्तलालाई ऊ धपधप बलेकी देख्छ ।
सुहागरातको रात धने र सकुन्तलाले वर्षौका प्यास मेटेका थिए । भर्खर सुरु भएको सकुन्तलाको जवानीले धनेको काखमा विश्राम गरेको थियो ।भर्खरै सुरु भएकोएक अर्का प्रतिको विश्वास र माया झनै गाढा बनेको थियो । सिन्दुरको रंग झनै गाढा बन्दैथियो । एक अर्काको सहयात्री बनेका धने र सकुन्तला दुइ मुटु एक प्राण बन्दै थिए । जिवनको सँगै बिताएको त्यो रात उनीहरु एक अर्कामा यसरी हराउँदै थिए कि उनीहरुलाई बिहानीको उज्यालोले मानौ एक अर्कासँग टाढा बनाइदिँदै छ । उनीहरु दुवैको मनमा दिन बितेर कतिबेला रात पर्छ भन्ने तिर्सना कैयौं दिन भयो । आज टाढा हुँदा पनि सकुन्तला तिनै मिठा रातहरुका यादमा बाँचिरहेकी छे ।
धनेको सामिप्यतामा लठ्ठ पर्ने सकुन्तला आज साहुको नजरबाट टाढा भाग्न खोज्दै छे तर यो कालो रातमा आज उसको पवित्रतालाई एक पिचासले मैलो बनाउँदै छ । सकुन्तला मनमनै भगवानसँग माफी माग्छे, मनमनै धनेलाई सम्झिदै आँसुका धारा खसाल्छे । सकुन्तला गुहार माग्दै बाहिर भाग्न सक्दिन । ऊ चुपचाप आफुलाई साहुको अगाडि नाङ्गिएको हेर्न बाध्य छे ।
आफ्नो अगाडि जवानीको प्याला बोकेर उभिएकी सकुन्तलालाई घटघट पिउँन आतुर भएको दयाराम झनै सकुन्तलाको नजिक आउँछ । विस्तारै सारी खोल्न थाल्छ । जति जति दयाराम नजिक जान्छ । जमिन भासिएजस्तै, आकाश खसेजस्तै भएकी सकुन्तलालाई अब थाहा हुन छोड्यो उमाथि के हुँदैछ भनेर । बकुल्लाको चुच्चोले च्यापेको माछो जस्तै भइ सकुन्तला । ऊ आफुमाथि के हुँदैछ हेर्न र महसुस गर्न सक्थि तर प्रतिकार गर्न सक्दिनथी । घुटुक घुटुक थुक निल्दै दयाराम सकुन्तलाको ब्याउज खोल्न लाग्दा सकुन्तला झसङ्ग हुन्छे । ऊ दयारामलाई हात जोड्छे । दयाराम बस उसको प्यास मेट्न ब्याकुल छ । ऊ सकुन्तलाको आँखामा छछल्किएका आँसुमा मादकता देख्छ । उसको शरीरमा तातो झट्का लाग्छ । ऊ एक्कासी सकुन्तलालाई आफुतिर तान्छ । दयाराम अर्कै संसारमा पुग्छ । ऊ भित्रको यौन भोक झनै बढ्दै जान्छ । आँखाभरी आँसुका दाना बोकेर आँखा चिम्म गरेकी सकुन्तलाले दयारामलाई झनै पागल बनाउँछे ।
आज सकुन्तला हजारौं क्विन्टलको भारी बोकिरहेकी छे । उसको शरीर छियाछिया हुँदैछ । दुखाईको मापन गर्ने कुनै यन्त्र हुँदो हो त त्यस यन्त्रको हद पनि आज पार हुन्थ्यो होला ।
दयाराम बिहान ४ बजेसम्म सकुन्तलालाई लुच्छ । उसलाई लाग्छ आज बल्ल उसको शरीरले खोजेको न्यानो पायो । ऊ लुगा लगाउँछ । चुरोट सल्काएर तनतनी तान्छ र बिस्तारै ढोका खोलेर चोरजस्तै निस्केर भाग्छ ।
अचेत भएकी सकुन्तला ढोका सम्म विस्तारै पुग्छे । ढोका लगाएर ऊ एक्कासी डाँको छोडेर रुन्छे । उसलाई संसारका हरेक सम्बन्ध नमिठा लाग्छन । हिजोसम्म ऊ उसको बुढोको मात्र थिइ । आज ऊ अब उसको बुढोको रहिन । उसलाई आज आएर गरिबीले यति धेरै कमजोर बनायो कि उसको शरिरमा उसकै अधिकार छैन । यो जे भइरहेछ यसको दोस ऊ कसैलाई दिन सक्दिन न त छोडेर जाने बुढोलाई नै दिन्छे । बस आफ्नै भाग्यलाई धिक्कार्दै रुन्छे । रुँदारुँदै सकुन्तला अचेत हुन्छे ।
बिहानको आठ बजे सकुन्तलाका आँखा खुल्छन । ऊ हत्तपत्त उठ्न खोज्छे । ऊ लड्छे । उसको शरिर काँपिरहेको थियो । भारी जिउ उठाउन उसलाई गाह्रो हुन्छ । जिउ तातिरहेको हुन्छ । सकि नसकि लुगा लगाएर ऊ बिस्तारै बाहिर निस्किन्छे । पिसाब फेर्न गएकी सकुन्तला पिसाबले पोलेर झण्डै मर्दिन ।
थकित भएकी सकुन्तलाका ओठ कलेटी पर्छन । बिस्तारै पानी पिउँछे । ऊ बिस्तारै फेरि ओछ्यानमा गएर पल्टिन्छे ।
मेलामा जानुपर्ने मान्छे १२ बजेसम्म पनि ननिस्किएपछि मालती सकुन्तलालाई बोलाउन उसकै घरमा आउँछे ।
‘ सकुन्तला दिदी.... सकुन्तला दिदी कता गयौ ? मेलामा जाने होइन ? किन ढिलो गरेको ? ’ भित्र पसेकी मालतीले सकुन्तलालाई सुतिरहेको देख्छे । छेउमा गएर निधार छाम्दा ज्वरो आएको थाहा पाउँछे ।
‘ हेर ज्वरोले त पुरै गलाएको रैछ । सकुन्तला दिदी, सकुन्तला दिदी उठ । म तिमीलाई पानी पट्टि लाइदिन्छु । ’ मालतीको स्वर सुनेर सकुन्तलाले बिस्तारै आँखा खोल्छे । आफ्नो छेउमा मालती देख्दा अलिकति भए पनि उसलाई निको भए जस्तो हुन्छ । बिस्तारै उठेर सिरानीमा अढेस लाग्छे ।
मालतीले हत्तपत्त पानी ल्याउँछे । पुरानो सुतिको सारी च्यातेर पानी पट्टि लगाइदिन्छे । ‘ हेर यस्तो हुँदा पनि चुप लागेर बसेकी । यसो मलाई भनेकी भए बिहानै आएर तातो पानी त दिन्थे म । खै म भान्छामा गएर जे हुन्छ त्यहि ल्याइदिन्छु ।’ पानीपट्टि लगाइदिएर मालती सकुन्तलाको भान्छामा जान्छे, पहिले तातो पानी तताएर ल्याइदिन्छे । सकुन्तलाले तातोपानी पिउँदा निकै राहत पाउँछे ।
दिउँसोको १२ बजिसक्दा पनि सकुन्तलाको चुलो ओभानो थियो । मालतीले भएको जति चामलको जाउलो बनाएर खान दिन्छे । ‘ल दिदी आज आराम गर मलाई पनि अबेर भयो , उता रोपाइँ सुरु भइसक्यो होला म जान्छु तिमी २,३ दिन जति आराम गर अनि बल्ल काममा हिँड है । भरे म साँझमा आउछु खानाको पिर नगर म घरबाटै बनाएर ल्याउँछु । ल म लागे । ’ हतारिएकी मालती मेलातिर लाग्छे । गारो सारो पर्दा कहिलेकाही मालतीले सकुन्तलालाई हेर्छे । छरछिमेकीको आँखा छलेर ऊ सकुन्तलालाई देउरानीको माया दिन्छे ।
धने पेटमा हुँदा उसकी आमा पोइल गएर फर्किएकी थिइ । धनेको बाउ घरमा नहुँदा आमालाई उसकी हजुरआमाले दिनु दुख दिएपछि उसकी आमा सहन नसकेर छिमेकीसँग पोइल गएकी थिइ । भागेर गएको ५ दिनमै सर्पले टोकेर भक्तराम पनि मर्छ । पेटमा एउटाको नासो बोकेर अर्कोको बिधुवा भएर धनेको आमाले धनेलाई जन्म दिन्छे । धने ३ वर्षको हुँदा परदेश गएको धनेको बाउ घर आउँछ । आफ्नी बुढी अर्काको विधुवा भएको देखेर धनेको बाउ दिनरात रक्सिले मातेर घर आउन थाल्छ । धनेकी हजुरआमालाई छोराको हालत देखेर सहि नसक्नु हुन्छ । एउटा साँझ धनेकी आमालाई हजुरआमाले घरमै गएर निकै नराम्रा शब्द प्रयोग गरेर गाली गर्छिन । त्यसकै भोलिपल्ट बिहान झिसमिसेमै धनेलाई उसकै बाउको घरको ढोकामा छोडेर धनेकी आमा हराउँछे । तीन दिनपछि पारी जंगलमा डोरीमा झुण्डिएको अवस्थामा धनेकी आमा फेला पर्छे ।
आफ्नै सन्तान हो भन्ने थाहा पाएर पनि धनेको बाउले छोरो बोक्न पाएको थिएन । धनेकीहजुरआमाले बाउछोरालाई कहिल्यै नजिक पर्न दिइन । बरु धनेकी आमा मरेको महिना दिन नपुग्दै जाँड खाएर छोरो बिग्रियो भनेर धनेको बिहे गराइदिइन ।
सानैदेखि गाइवस्तु चरणमा लिएर जाने धने हजुरआमा बाचुन्जेल कहिले तातो भात खान पाएन । सँधै जुठो र बासी भातले मात्र भोक मा¥थ्यो । धने १० वर्षको हुँदा दम बढेर उसकी हजुरआमाले प्राण त्यागिन । त्यतिबेलासम्म धनेको पनि २ जना भाई जन्मिइसकेका थिए । यो टुहुरोको के दोष भनेर उसकी सानीआमाले पनि अलिअलि माया देखाउँथी । धने १७ वर्षको हुँदा सानी आमा पनि पेटको व्यथाले परलोक भई । बाउको रक्सि खाने बानी छुटेकै थिएन । दिनरात रक्सि खाँदाखाँदा एकदिन उसको बाउलाको पनि रक्सिलेनै प्राण लियो । सानी आमा बितेको छ महिनामै बाउ पनि बिते । १३ वर्षको माइलो भाइ र ११ वर्षको कान्छो भाइलाई उसले दुख सुख गरेर त्यो वर्षको जाँच दिन लगायो त्यसपछि भने भाइहरुको पनि स्कुल जाने बाटो बन्द भयो ।
गाउँका २,४ जनाले धनेका ३ भाइमा फाटो ल्याइदिए । अरुसँग पोइल गएकी आइमाइको छोरालाई हामी दाइ भन्दैनौ भनेर एकदिन ३ दाजुभाइको झगडा भयो । तुरुन्त उनीहरु अलग अलग भए । धनेको भागमा त्यहि पुरानो घर र करेसा बारी प¥यो । २,४ वर्ष यतिकै बित्यो । धनेले सकुन्तलालाई बिहे ग¥यो । धनेको बिहे भएको ३ महिनामै माइलो भाइ रुद्रले पनि मालतीलाई भगाएर ल्यायो ।
मालती अलि बाठी भएकीले रुद्रलाई विदेश पठाइ । धने पनि गाउँमा अर्काको मेलापात गरेर केही सिप चल्छ जस्तो नलागेर विदेशिएको थियो । जस्तो जे भएपनि मालती र सकुन्तलामा देउरानी जेठानीको माया छ तर समाजले देख्नेगरी उनीहरु देखाउन सक्दैनन् ।
आज पनि मालतीले समाजको आँखा छलेर सकुन्तलालाई स्याहारेर गई । सकुन्तला कहिलेकाही सोच्छे मालती भएर पनि ऊ त्यो गाउँमा बसिरहेकी छे । तर आज त सकुन्तलाको त्यो गाउँमा बस्ने आधार पनि मरेजस्तै भयो । ऊ आफुभित्रको चोट मालतीसामु पनि देखाउन सक्दिनथि ।
दिन बित्दैथिए । सकुन्तला झनझनै कमजोर हुँदैथिइ । उसको जवानीको प्यासी दयाराम झनझनै पिचास बन्दैथियो । उसलाई हरेक रात सकुन्तलाको जिउको तातोबिना निँद्रा लाग्न छोड्यो । सकुन्तलाको रुपको कायल भएको दयारामले साँवा ब्याज सबै मिनाहा गरिदियो र सर्तमा हरेक रात उसलाई सकुन्तलाले खुशी पार्नुपर्ने भयो ।
पोहोर सालमात्र दयारामकी श्रीमती मुटुको ब्यथाले मरेकी थिइ । छोराहरु शहरमा बस्छन ।महिनैपिच्छे पैसा पठाउँछन ।घरको काम सबै कालु र उसकी श्रीमतीले गर्छन । तिनीहरुको परिवार दयाराम साहुले नै पालिदिएका छन । जग्गा जमिन प्रशस्त भएको उसलाई श्रीमतीको मायाको मात्र खाँचो थियो । त्यो पनि उसले रात परेपछि सकुन्तलाबाट लिइरहेको थियो । दयाराम कुनै रात त नआएपनि हुन्थ्यो भन्दै सकुन्तला भगवानलाई पुकार्थि तर त्यस्तो रात आएन । महिनाभरिलाई पुग्ने भान्छाको सामान र चिटिक्क पर्ने लुगा किन्ने पैसा दिन्थ्यो । दयाराम सकुन्तलालाई भन्थ्यो बजारका छोटाछोटा लुगा लगाएर बाहिर नहिडे पनि राती मेरो अगाडि चाहि तिमले लाउनैपर्छ । पछिपछि त उसले लुकिछिपि भाले बोकेर ल्याउन थाल्यो । अब त ऊ सकुन्तलाले पकाएको कुखुराको मासु र विदेशी रक्सि खान पल्किसकेको थियो ।
भान्छाको काम सकेर भित्र पस्न नपाउँदै दयाराम झम्टिन्थ्यो । पागल जस्तै हुन्थ्यो । सकुन्तलालाई छोटा लुगा लगाउन लगाउँथ्यो आफुचाँहि लुगा फुकाल्थ्यो । सकुन्तला हरेक रात आफनो जवानी अधबैसे बुढोमाथि पोख्थि । दिन बित्दै गयो । हरेक रात आउने दयारामले धनेको याद बिस्तारै मेट्दै गयो । चाहदा नचाहँदै ऊ अब दयारामको भइसकेकी थिइ । बासनाको सिकार भएकी सकुन्तला बिस्तारै दयारामसँगै रक्सिमा मात्न थाली । दयाराम आफुसँगै रक्सिमा मातिएकी सकुन्तलाको जवानीमा झनै कायल हुँदै जान थाल्यो । ऊ बजारका अनेकथरी छोटा लुगा लिएर आउन थाल्यो । सकुन्तला हरेक रात आफुलाई सिँगारेर साहुको अगागि पोखिन थालि ।
एक साँझ दयाराम आएन भात पकाएर बसेकी सकुन्तलाले दयाराम आएपछि उसले ल्याएको मासु पकाउने विचारले बसि । त्यो साँझ दयाराम नआउने पक्का भएपछि सकुन्तला निकै छटपटिइ । उसलाई त्यो रात निद्रा परेन । उसलाई त्यो छटपटि नमिठो लाग्यो । कतै मासु र रक्सिको तलतल कतै दयारामको शरीरबाट आउने अनौठो गन्धको तलतलले उसलाई रातभरि सुत्न दिएन । बिहानपख सकुन्तलाको आँखा झिमिक्क हुन्छ ।
मेलापातमा जान छोडेकी सकुन्तला छर छिमेकीसँग पनि कम बोल्न थालेकी थिइ । मालतीसँग पनि उसको खासै बोलचाल हुँदैन । मालती पनि रुद्र विदेशबाट फर्केपछि खासै हिँडडुल गरेकी छैन । साँझमा सुटुक्क भाले बोकेर आउने दयाराम रातभरी सकुन्तलासँग एउटै ओछ्यानमा लुटपुटिएर बिहानपख जाने गरेको पनि गाउँमा अहिलेसम्म कसैलाई थाहा भएको थिएन । तर दयाराम नआएपछि सकुन्तलालाई कता कता कसैले थाहा पायो कि भन्ने पनि शंका लाग्यो ।
भोलिपल्ट सकुन्तला बिहानै उठेर गाउँ घुम्न निस्किन्छे । ऊ दयारामको घर छेउको बाटो हिँड्छे । उसले दयारामको घरमा २ जना दयारामकै उमेका अधबैसे बुढाहरुलाई देख्छे । घरमा पाहुना आएको कारण दयाराम हिजो नआएको रहेछ भन्ने उसले बुझ्छे । ऊ भरे पक्कै दयाराम आउँछ भनेर घर फर्किन्छे ।
बेलाबेला पैसा दिने, खानको लागि खर्च दिने दयारामको मायामा चुर्लुम्म डुबेकी सकुन्तलाले ६ महिना यस्तै रमाइलोमा बिताइसकेकी थिइ । गाउँमा गाइगुइ उसका बारेमा कुरा काट्न पनि थालिसकेका थिए । सकुन्तलालाई कता कता दयारामले घरमै भित्राउछन कि भन्ने आश पनि मनमा जागिसकेको थियो ।
सकुन्तला घर फर्किदै गर्दा बाटोमा रुद्र र मालतीलाई देख्छे । उनीहरु एकअर्कालाई नदेखेजस्तै गर्छन । सकुन्तलालाई कताकता धने फर्केर आउने होकि भन्ने डर लाग्छ । जुन बुढोको नामको सिन्दुर ऊ आज पनि लगाइरहेकी छे उसलाई त्यहि बुढाको सम्झना पनि धमिलो भएको जस्तो लाग्छ ।
घर आइपुगेर खाना बनाउँदै गरेकी सकुन्तलाको घरमा दयाराम सुटुक्क आइपुग्छ । ऊ बस्नको लागि भित्र बोलाउँछे । दयाराम दाँयाबाँया हेरेर भित्र जान्छ । आज पनि उसले झोलामा नयाँ लुगा ल्याएको रैछ । दयारामको हातबाट हत्तपत्त लुगा झिक्छे र भन्छे ‘आज कस्तो लुगा ल्याउनु भएको यो ? यत्ति छोटो त म लगाउँदिन । यो त धेरै नै छोटो छ त । ’खुशी हुँदै लुगाको झोला समातेकी सकुन्तला मुख खुम्च्याउँदै दयारामतिर हेर्छे ।
सकुन्तलाको कुराले दयाराम फिस्स हाँस्दै भन्छ, ‘ मलाई भए त यति छोटो चाहिँदैन तर प्यारी आज राती आउने पाहुनाहरुलाई यस्तै छोटो मनपर्छ । उनीहरुकै रोजाइको लुगा हो लगाएर बस्नु है साँझमा ।’ दयारामको कुरा सुनेर सकुन्तलाको होस उडेजस्तै हुन्छ । ऊ आँखाबाट तप्प आँसु चुहाउँदै भन्छे, ‘ के....के भन्नु भाको हजुरले यस्तो ? को पाहुनाको कुरा गर्नुभएको ? अनि मैले यो लुगा किन उनीहरुका लागि लगाउने ? तपाई कसरी यस्तो भन्न सक्नुहुन्छ ? ’
सकुन्तला दयारामसँग यस्ता प्रश्न गर्छे जस्तो कि मानौं ऊ उसको आफ्नो हो । दयाराम फेरि उसलाई अनौठो तर कतै गिज्याएजस्तै कतै उसलाई तुच्छ ठाने जस्तै गरि हेर्दै भन्छ, ‘ ल के कुरा गरेकी तिमले ? मेरो अगाडि जसरी पेस भयौ त्यसरी नै उनीहरुको अगाडि पनि पेस हुनु । अनि के भनेको अरे तिमीले मैले कसरी यस्तो भन्न सक्छु रे ?’ ऊ अट्ट हाँसो हाँस्छ, ‘ बुढो हुँदाहुँदै मसँग रात बिताउने आइमाइले यस्तो कुरा गर्न सुहाउँछ ? हेर तिमीलाई म सँधै पाल्न सक्दिन । बरु तिम्रा लागि मान्छे खोजिदिन्छु । मन लागे बेला बेला म पनि आउँला । तिमी मेलापात नगएको पनि ६ महिना भैसक्यो । यो सुकिला हातले अब किन हिलो चलाउँछौ बरु..... हिहि’
एक्कासी दयारामको चालढाल बदलिएको देखेर सकुन्तला छाँगाबाट खसेजस्तै हुन्छे । उसलाई उसकै भावना, विचारहरुले अठ्याउँछन ऊ थुचुक्क बस्छे । ऊ आफुलाई एकदमै दरिद्र पाउँछे । आफैमा विक्षिप्त भएकी सकुन्तलालाई त्यहि हालतमा छोडेर दयाराम बाहिर निस्किन्छ ।
कुनै भाव विनाको आत्मा, साँस बिनाको शरिर जस्ती भएकी सकुन्तला आफ्ना जिवनका कथालाई एकपटक फर्केर हेर्छे । आफ्नी छोरी अन्जान मान्छेको हातमा जिम्मा लाएका बा आमाको अनुहार सम्झिन्छे । कमाएर घरखर्च पठाउँछु भनेर हिँडेको बुढोलाई सम्झिन्छे । क्रणको भारीले थिचिएर साहुको विलासीको सिकार भएको सम्झिन्छे । बाध्यताले जता डो¥यायो उतै हिँडेकी सकुन्तलाले आफुलाई नै दोषी देख्छे । कलिलै उमेरमा बाआमा नत्यागेको भए ?, विदेश जाने बुढोलाई रोकेको भए ? या त ब्याज तिर्न नसक्दा ऊसँगै सुत्नुपर्छ भन्ने साहुको सर्त मान्नुको सट्टा मरेको भए ?
उसको मनबाट उब्जिएको शब्द ‘ मरेको भए ’ ले उसलाई फेरि दो¥याएर झस्काउँछ । बारम्बार त्यहि शब्द उसको आत्माबाट आइरहन्छ । सबैतिरबाट विक्षिप्त बनेकी सकुन्तला जुरुक्क उठ्छे । खाना पकाउँछे टन्न खान्छे । आज उसलाई खाना निकै रुच्छ । उसले खाना यति मिठो मानेर खान्छे कि मानौ यो भोक वर्षौदेखिको हो । ऊ खाना थपिथपि खान्छे कि मानौ यो उसको अन्तिम खाना हो ।
खाना खाएर सकुन्तला चिटिक्क परेर बाहिर निस्किन्छे । उसलाई आज निकै हतारो भएको जस्तो देखिन्छ । बाटोमा राममाया भेटिन्छे । ऊ राममायासँग पनि बोल्दिन । राममायाले आजसम्म सकुन्तलालाई यति हतारिएको देखेकी थिइन । बोल्दै नबोलि सरासर हिँडेकी सकुन्तलालाई देखेर मुख बटार्दै राममाया पनि आफ्नो बाटो लाग्छे ।
दिन धुम्म पानी पर्लाजस्तो देखिन्छ । बजार गएर फर्किदै गरेकी सकुन्तला त्यतिनै हतारमा फर्किन्छे जति हतारमा ऊ बजार जाँदा थिइ । राममायाले फर्किदा पनि हतारमा देखिएकी सकुन्तलाको घरमा चिहाउँन जान्छे । भान्छाबाट बाहिर निस्केकी सकुन्तलाले राममायालाई देख्छे । फनक्क फर्केर भाग्न लागेकी राममायालाई सकुन्तलाले बोलाउँछे , ‘ राममाया दिदी कति कामले आउनुभएको थियो कुन्नि ? आउनु न बस्नु एकछिन । ’
बजार जाँदा बोल्दै नबोलि हिँडेकी सकुन्तला यति मिठो गरि बोल्दा उसलाई पनि बस्न मन लाग्छ तर उसलाई घर नगइ हुन्न । ‘ होइन बहिनी म जान्छु अहिले । मैले त तिमी बजार गएको देखेको थिए अनि अहिले यता बाटो परेर निस्किदै थिए अनि तिम्रो घर खुल्लै देखे बा चोर पो पस्यो कि भनेर चिहाउँदै थिए । यसो चनाखो त हुनुप¥यो नि होइन ?’ राममायाले ठाउँको ठाउँ कुरा मिलाइहालि । ‘ बरु अरु दिन आउला है अहिले म जान्छु’ ।
बाटैबाट हिड्न लागेकी राममायालाई सकुन्तलाले रोक्छे, ‘ राममाया दिदी भरे साँझ ८ बजेतिर आउनुस न आज मैले मासु ल्याएको छु सँगै खाउला नि । भोलिको दिनको के ठेगान मरिन्छ कि बाँचिन्छ । ’ सकुन्तलाको कुराले राममायालाई नमिठो लाग्छ अनि एक्कासी उसको माया पनि लाग्छ ।
‘तिमीले बोलाई हाल्यौ हुन्छ म भरे आउँछु, अहिले गए है । ’
राममाया गएपछि सकुन्तला मुल घरभित्र पस्छे । दयारामले ल्याइदिएको छोटो लुगा लगाउन ठिक पार्छे । घर सरसफाइ गरेर चिटिक्क पार्छे मानौ उसको घरमा एकहुल पाहुना आउँदैछन । ऊ आज अलि चाँडै भान्छामा छिर्छे । घाम नडुब्दै सकुन्तलाको घरबाट धुँवा निस्किन्छ । मालती पनि अचम्म मान्छे ।
रातको ८ बज्छ । दयाराम बियरका बोतल बोकेर २ जना पाहुना सहित बिस्तारै चोरजस्तै सकुन्तलाको घरभित्र छिर्छन । बिस्तारै चुकुल लगाएर सकुन्तलाको कोठामा छिर्छन । आज दयाराम छक्क पर्छ सदा भन्दा चाँडैनै सकुन्तला तयार भएर बसेकी छे । ओछ्यान छेउको काठको सानो टेबुलमा हेर्दै खाउ खाउ लाग्ने गरि भुटेको मासु, वियरका २ वटा रित्ता बोतल र त्यसकै छेउमा सानो सिसी । आज सकुन्तला लाजका गहना मात्र छोपेका दुइ कपडा मात्र लगाएर लम्पसार भएर सुतेकी छे । यस्तो अवस्थामा देखिएकी सकुन्तलालाई देखेर दयारामसँग आएका दुवै पाहुनाले घुटुक्क थुक निल्छन । आफ्नो अगाडि कलकलाउँदो वैसकी केटी यसरी शरीरको लगभग पुरै भाग देखाएर आनन्दले निदाएको देख्दा ती दुवै अधवैसे सकुन्तलालाई झम्टिन खोज्छन । तिनीहरुको रगत तातेको देखेर दयाराम कोठा बाहिर निस्किन्छ ।
बियरका एउटा एउटा बोतल रित्याएर सकुन्तलालाई झम्टिन गएका ती दुवैजना एकैचोटी चिच्याउछन । ‘हे भगवान यो त लास हो ।’
कोठा बाहिरको दयाराम झसङ्ग भएर भित्र आउँछ । ऊ सकुन्तलालाई बिस्तारै बोलाउँछ । ऊ बोल्दिन । मानौ ऊ गहिरो निद्रामा छे ।उसको शरिर चिसो भइसकेको हुन्छ । उसले बियरको बोतलसँगै भएको विषको सानो सिसी पनि रित्याएकी रहिछ । उनीहरु अक्क न बक्क पर्छन । आधी लुगा फुकालेका ति दुइ लोग्ने मान्छे लुगा लगाउँछन ।
८ बजेको निम्तो मान्न हतारिदै आएकी राममायाले बाहिर बाट सबै सुनिरहेकी हुन्छे । ऊ एक्कासी चिच्याउँछे, ‘ मान्छे मारे । सकुन्तलालाई मारे, गुहार गुहार ’ बाहिरबाट राममाया चिच्याएपछि दयाराम र उसका पाहुना भित्र आत्तिन्छन । बाहिर भाग्ने बिकल्प खोज्छन तर फेला पर्दैन । यतिकैका गाउँले सारा सकुन्तलाको आँगनमा भेला हुन्छन । आफुसँग जे जे हतियार छ ती सबै साथमा लिएर गाउँका लोग्ने मान्छेहरु आउँछन ।बियरले लठ्ठ परेका ती दुइलाई छोडेर दयाराम भाग्न खोज्छ । उनीहरुले च्याप्प खुट्टा समाएर फुत्किन दिँदैनन् ।
रुद्र र राममायाको बुढोले ढोका फोड्छन । ढोका फोड्दा तिनजना तानातान गरिरहेका हुन्छन । राममाया बिस्तारै सकुन्तलाको कोठामा छिर्छे । एकछिन पछि ठुलो चित्कार सुनिन्छ, ‘ हे भगवान’ ।
एकदुइ जना आइमाई सकुन्तलाको कोठामा छिर्छन । सकुन्तलाको शरीर तन्नाले ढाकिदिन्छन । एकछिन गाउँलेको रुवाबासी हुन्छ । मालती सकुन्तलाको छेउमा घोप्टो परेर रुन्छे । कसरी यस्तो भयो भन्ने कसैले केही सोच्नै सक्दैनन् । रुद्रले दयारामको घाँटी अठ्याएपछि उसले सबै वृतान्त सुनायो । यतिकैमा पुलिस आयो सबैतिर चेक ग¥यो । सकुन्तलाको लास भ्यानमा राखियो । दयाराम सहित उसका पाहुना पनि पुलिस सँगै गए ।
भोलिपल्ट लास बुझ्न रुद्र र मालती जान्छन । भाउजुको अन्तिम संस्कार रुद्रले रित पु¥याएर गर्छ । सबै छानबिनले दयाराम र उसका साथीहरुलाई निर्दोष ठहर गर्छ । केहि दिनपछि ३ जना जेलबाट छुट्छन । एउटी अबला नारीको कथा त टुङ्गिन्छ तर बासनाका सिकारी दयाराम जस्ता पिचास फेरि अर्को सिकारको खोजिमा निस्किन्छन ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment