थाहा छैन म के खोजिरहेछु,
तर पनि म जिवनको एउटा आस्था खोजिरहेछु ।
हाँसो अनि खुशी सँगै पछि लाग्ने,
सँगसँगै हिड्न खोज्ने,
ती दुखका काँडाहरुलाई,
जादुको छडिले फु गरेर पन्छ्याउन खोजिरहेछु ।
हो कहिलेकाही, मात्र कहिलेकाही,
मन सारै डगमगाउछ,
थाहा नै हुँदैन यो जिवनको कथा कहाँ मोडिन जान्छ ?
बस तेति बेला हो त्यस्तै बेला
अँध्यारोलाई चिर्न, कापिरहेको आफ्नै मनलाई दरिलो बनाउन,
म जिवनको एउटा आस्था खोजिरहेछु ।
रेश्मी लामीछाने

Comments
Post a Comment