तिमीले भन्ने तिम्रो समाज


तिमीले भन्ने तिम्रो समाजले मलाई मौन बनाइदिएको छ ,
तिम्रो नजरमा त खै के बने?, मेरो नजरमा तिमीलाई गौण बनाइदिएको छ ।
तिमीले भन्ने तिम्रो समाजले मलाई मौन बनाईदिएको छ ।

खोज्दिन म मायाको परिभाषा, जसले तिमीजस्तोलाई लाचार बनाइदिएको छ,
तिमीले भन्ने तिम्रो समाजले मलाई मौन बनाइदिएको छ ।

छर्दै सुगन्ध मायाको फुल के दिएथे तिमीलाई, यो सारा शहरले मायालाईनै व्यापार बनाइदिएको छ ,
तिमीले भन्ने तिम्रो समाजले मलाई मौन बनाइदिएको छ ।

जुन पुजेर ढुंगा उसलाई भित्रायौ तिमीले घरमा, त्यहि ढुंगाले नै आज मेरो घर भत्क्याईदिएको छ,
तिमीले भन्ने तिम्रो समाजले मलाई मौन बनाईदिएको छ ।

खोजेर तिमीलाई, पाएर तिमीलाई अह बिल्कुलै पाएको थिइन तिमीलाई,
तिम्रै सामिप्यताले चँड्दैचँड्दै आज आँसुको बगरमा लत्याईदिएको छ ।

तिमीले भन्ने तिम्रो समाजले मलाई मौन बनाइदिएको छ,
तिम्रो नजरमा त खै के बने? मेरो नजरमा तिमीलाई गौण बनाईदिएको छ ।

लेखक ः रेश्मी लामीछाने




Comments