आमा (कविता)



तिम्रो उज्यालो मुहार,
धपधप बलेको थियो आमा,
जब पहिलो पटक मलाई,
लिएकी थियौ काखमा।

तिम्रो ममता,
तिम्रो माया,
तिम्रो स्नेह,
सबैसबै मैले तिम्रो कोखमै पढे आमा।

तिम्रा भोगाई,
तिम्रो संसार,
तिम्रा संङघर्ष,
सबैसबै मैले तिम्रो साथमा भोगे आमा।

म तिमीजस्तै बन्दैछु,
हाँसेर बाँच्दैछु।

Comments