कालो जिन्समा सेतो टिसर्ट, आँखामा चस्मा झुस्स दारी (कथा)


मेसेन्जरमा रातो बल्यो ।

पुर्लुक्क नजर परिहाल्यो ।
यसो हेरे, झुस्स दारी पालेको, चस्मा लाएर खिसिक्क हासेको नौ जवान केटोको मेसेज थियो ।
“आज म न्युरोड आए भने तपाइलाइ भेट्न सक्छु?”

 मैले भने “अवश्य” ।

“म न्युरोड आएपछि तपाइलाइ फोन गर्छु ”उताबाट मेसेज आयो ।
मैले पनि “हवस् ” भनेर मेसेज छोडे ।
यति वार्तालाप पछि हाम्रो कुरा भएन् ।
छन त हामी दुवैजना अनलाइनमा नै थियौ ।
अरु कुरा गर्नु आवश्यक पनि भएन ।

बिहानको यस्तै ११ बजिसकेको हुँदो हो ती हसिला नौ जवानसँग कुरा गर्दा ।
दशैंको बजार सुरु भइसकेको थियो ।
न्युरोड बजारमा जताततै अफरले भरिएका पोस्टर र पर्चा बाधिएका अनि झुण्ड्याइएका थिए ।
उसो त दशैंको मौकामा लत्ताकपडा मात्र धेरै बिक्रि हुने गर्छ ।
वर्षदिनको चाडमा मान्छेले एक सरो त जसरी नी लाउछ भन्ने कुरा पहिले पहिले हुन्थे ।
अहिले त नयाँ लुगा लगाउन दशैं पर्खनु पर्दैन ।
तर पनि अरु व्यवसायको दाजोमा लत्ताकपडा नै बिकिरहेको देख्न पाइन्छ ।
बर्षभरि बेचि नसेको लुगा सस्तो दाममा “सेल” मा राख्यो भने सस्तो पाइयो भनेर ग्राहक ओइरो लाग्छन किन्नको लागि । यसरी सस्तो पाउदा मान्छेले धेरै किनेर पनि लाँदा रैछन ।
मान्छेको ओइरो न्युरोडमा खनिने गर्छ दशैंको बेलामा । तर न्युरोडको पाको सडकमा मान्छेको ताती कैले पनि कम हुँदैन । त्यसमा पनि पाको सडकमा विशेषगरी ल्यापटप, मोबाइल , टि.भी. जस्ता नयाँ नयाँ प्रविधियुक्त सामानहरु पाइने हुनाले पनि यो बजार व्यस्त नै देखिन्छ ।

 साँझको साढे ५ भइसकेको थियो ।
बिहान मेसेन्जरमा न्युरोड आउछु भन्ने नौजवान ले अझै हाजिरी लाएका थिएनन् ।
म छक्क पर्दै किन आएनन भन्दै मोबाइल हेर्दैथिए , फोन पनि आइहाल्यो ।
रमेश थापाको नामबाट आएको फोन उठाएर कुरा गरे ।“ हेल्लो कहाँ हुनुहुन्छ ?”
“तपाइकै अफिस छेउछाउ” उताबाट उत्तर आयो ।
यसो झ्यालबाट हेरे बोल्दै गरेको केटो मान्छे देखे अनि उसँगै अर्को नौजवान पनि देखे जो मेरा पनि साथी हुन् ।

तल ओर्ले र नजिक पुगेर मैले दुवैलाई नमस्कारले स्वागत गरे । उभिएर कुरा गर्न मलाइ असहज भयो । कारण एउटै थियो , मैले दुवैलाई सिर ठाडो पारेर माथि हेरेर कुरा गर्नुपर्ने । सोचे के खाएका होलान यिनीहरुले जो यति धेरै अग्ला छन् । मैले मेरो अफिस जाउ भनेर तुरुन्तै भनिहाले । दुबैले हुन्छ भन्ने सँकेत टाउको हल्लाएर दिएपछि म अघि लागे ।

दोस्रो तल्लामा पुगेपछि मैले शोफामा बस्न इसारा गरे अनि दुबैजना शोफामा बस्नु भयो ।
म कुर्सी ल्याएर दुबैजनालाइ सहजरुपमा हेर्न सक्ने गरी बसे । मैले अघिदेखि हातमा च्यापेको पत्रिका अघि सार्दै रमेश जी लाइ दिए । वहाँले हात अघि बढाएर पत्रिका लिनु भो ।
मैले फोनबाट चिया अर्डर गरे । मेरो ध्यान आज खै किन रमेश जी प्रति ज्यादा बढेको पाए । पहिलो पल्ट ग्राण्डी हस्पिटलमा भेटे देखि आजै भेटेको थिए । गाढा जिन्सको पाइन्टमा सेतो टि सर्ट ले वास्तवमा रमेश जी लाई धेरै नै खुलेको थियो । “मान्छे कति सभ्य हुन्छन?” रमेश जी लाइ हेर्दै त्यही सोच मनमा पैदा भयो । उहाभन्दा धेरै पहिलेदेखिको साथीलाई आज मैले खै किन प्राथमिकता नै दिन सकिन ।
“कसले सिकायो यति राम्रो व्यक्तित्व बनाउन?” गोरो रँग, पातलो तर अग्लो, जिउडाल पनि मिलेको ।

हेर्दा कति भद्र भलाद्मी देखिने । सामान्य परिवारको मान्छे भएपनि कस्तो सुहाउदो लुगा लगाउन जान्या होला । एकछिन हेरि रहन मन लाग्यो । हेर्दा पनि पछि त ठुलै नाम कमाउने मान्छे होलान जस्तो देखिने । मलाइ सायद कसैको व्यक्तित्वले यति सम्म लठ्याएको यो पहिलो पटक थियो ।

 चिया आयो ।
 सबैले दुध चिया लियौ ।
चिया नसकुन्जेल चियाको सुरुप मात्र कराइरह्यो ।
लाग्थ्यो चियाको पर्खाइ सबैलाइ औधि थियो ।
लगभग सबैले चिया सँगै सक्यौ । “लाटो पहाड पढेर सक्नुभो त?” मैले रमेश जी लाइ पुर्लुक्क हेरे ।
वहाको प्रश्न अचानक तेर्सिदा मैले हिजोको दिन सम्झे । उपेन्द्र सुब्बाको कथा संग्रह “लाटो पहाड” का केही संवाद साथै त्यस किताबको फोटो सहित मैले फेसबुकमा स्टाटस राखेको थिए । त्यसमा वहाले पनि आफ्ना केही वाक्यसहित उपस्थिति जनाउनु भाको थिए ।
मैले भने “ए... अँ पढी सके ।”
 “मैले पनि पढेको छु ।” भन्नुभो वहाले ।
“मन फुरुङग अनि रोमान्चित पार्नुका साथै केही त्यस्ता कथा पनि छन जहाँ आफु नपुगी पनि भोगेकै जस्तो लाग्ने । एक किसिमको रमाइलो भेटे यो संग्रहमा ।” यी मेरा त्यो किताबप्रतिको तर्क थिए । जुन सोफामा बस्ने ती दुइ नौजवानले सुनुन या नसुनुन मैले त्यो कुरालाइ वास्ता नगरी भनेको थिए ।
“मलाइ पनि धेरै राम्रो लाग्यो” भन्ने रमेश जी को सहमती आयो ।
छेवैको मित्रले ले केइ भन्नु भएन् । वहाले नपढेको कुरा हामी दुइले बझ्यौ ।

हसिलो अनुहारमा बसेका रमेशले पत्रिका हेर्दै भन्नुभयो “यति सहयोगको लागि धेरै धेरै धन्यवाद ।”

 मैले पनि हासेर मात्र वहाको धन्यवादलाइ ग्रहण गरे । वहाँको केही समाचार थिए जुन मैले हाम्रो पत्रिकामा रा
खेको थिए र आजको वहाको उपस्थिति पनि त्यहि पत्रिकाको लागि थियो ।

एकछिनमा वहाँहरु जाने तरखर गर्नुभयो ।
दुवैजना लाइ नमस्कारका साथ विदाइ दिए अनि पुन त्यहि झ्यालमा पुगेर तल हेरे दुवैजना पिपलबोटतिर लम्कदै गरेको देखे ।

एकछिनमा न्युरोडको भिडभाडमा परिचित ती दुइ टाउका विलिन भए ।
म पनि आफ्नो टेबलतिर लागे ।
रेश्मी लामीछाने




Comments

Post a Comment